फेवातालमा माछाका भुरा छाडियो

सन्जिब तिमल्सिना

२९ मंसिर, पोखरा ।
पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाड्नुभएको हो ।

उहाँले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिनुभयो । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्ने बताउनुभयो ।

स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको बताउनुभयो । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उहाँको भनाइ थियो ।

उक्त वडाका अध्यक्ष रणबहादुर थापाको सिल्भर काप र विगहेड जातका १६ हजार माछा तालमा छाडिएको जानकारी दिनुभयो । वडास्तरीय बजेटबाट तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राख्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPokhara
Comments (0)
Add Comment