च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक

२८ मंसिर, एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक गरेको छ ।

यूईएफएले सोमबार राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक गरेको हो । यूईएफएले दोस्रो पटक निकालेको ‘ड्र’ अनुसार साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ ।

जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको आरबी साल्जवर्गसँग खेल्दा बेन्फिकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै म्यानचेस्टर युनाईटेडले एट्लेटिको मड्रिड तथा युभेन्ट्सले भिल्ला रियलसँग खेल्नेछ ।

राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेग फेब्रुअरी १५, १६, २२ र २३ मा हुनेछ । दोस्रो लेग मार्च ८,९,१५ र १६ मा हुनेछ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment