३१३ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

२७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ८२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३७६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५७ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ८२४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८७ हजार ६६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updatecovid deathCovid-19Deathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment