ए डिभिजन लिगमा आज च्यासल र आर्मी भिड्दै

२३ मंसिर, काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल मात्रै हुने भएको छ ।

दशरथ रंगशालामा हुने खेलमा बेलुकी ५ बजे च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।

हिजो भएका दुई खेलमा मछिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दा हिमालयन शेर्पा र नेपाल पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए ।

भोली शुक्रबार मनाङ मर्सयाङ्दी र फ्रेण्ड्स क्लब दिउँसो १ बजे भिड्नेछन् ।



मल्टिमिडिया ग्यालरी

A DivisionbusinessCovid-19digital khabarfootballhealthLockdownnepalNewsPoliticStadiumtechnology
Comments (0)
Add Comment