आजकाे माैसम जानकारी

२१ मंसिर, काठमाडाैं । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहनुका साथै नेपालको पूर्वी भु-भागमा भारतको उत्तर पश्चिम बंगालको खाडी र पश्चिम बंगाल-बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको ( सामुन्द्रिक चक्रवात ‘जुवाद’को बांकी अंशको) आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । प्रदेश नं १ र वाग्मती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsomicronomicron variantsPolitictechnologyWeather
Comments (0)
Add Comment