अध्यधिक बहुमतले जित्छु : कमल थापा

१८ मंसिर, काठमाडाैँ । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका कमल थापाले आफूले अत्यधिक मतका साथ जित्ने बताएका छन्। शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले चार पाँच घण्टामा नतिजा आउने बताए।

‘यसअघिको महाधिवेशनमा पनि म निर्विरोध अध्यक्ष भएको होइन। अत्यधिक बहुमतबाट निर्वाचित भएको हुँ। यसपटक पनि त्यस्तै हुन्छ’, उनले भने।

दुईवटा अध्यक्षले छाडेपछि तेस्रो अध्यक्ष स्वतः अध्यक्ष हुनुपर्ने भए पनि प्रतिस्पर्धा हुनुलाई आफूहरुले अनौठो नमानेको थापाको भनाइ छ। प्रजातान्त्रिक अभ्यास उनले बताए।

थापाले यो महाधिवेशन नै एकताको अन्तिम महाधिवेशन हुने बताए। ‘अब अर्को एकताको महाधिवेशन हुँदैन’, उनले भने। अध्यक्षमा थापालाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment