पार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महत

१७ मंसिर, हेटौडा(मकवानपुर) । नेपाली कांग्रेसका सहमहामन्बी डा. प्रकाशशरण महतले पार्टीलाई विचार केन्द्रित बनाउदै सामूहिक भावनाले सबैलाई समेटेर अगाडि बढाउनु पर्ने कुरा बताउनुभएको छ ।

नेपाली काग्रेसको वागमती प्रदेश अधिवेशनलाई हेटौडामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली कांग्रेसमा व्यक्ति केन्द्रित हैन, विचार सिद्धान्त,नीति केन्द्रित बहस होस् र त्यसका आधारमा पार्टी चलोस सहमहामन्त्री डा. महतले भन्नुभयो,” विचार केन्द्रित हुनासाथ व्यक्तिगत मतभेद अन्त हुन्छ । पार्टीभित्र गुट उपगुट विकसित हुन पाउँदैन ।”

सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा व्यापक सहभागितामा भैरहेको पनि उल्लेख गर्नुभयो । संविधान सभाले निर्माण गरी जारी गरेको संविधानसग तादात्म्य रहने गरी महिला,आदिवासी जनजाती,मधेशी,अल्संख्यक,विभिन्न वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी व्यापक सहभागिता सुनिश्चित गरी भएको यो अधिवेशनले पार्टीलाई नयाँ दिशा र गति दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले झण्डै १० लाख क्रियाशील सदस्यहरुको सक्रिय सहभागिता भएको यो अधिवेशन अत्यन्त पारदर्शी र लोकतान्त्रिक विधिको अबलम्बन गरेर सम्पन्न भैरहेको बताउनुभयो ।

निश्चित क्राइटेरिया पुगेका सदस्यहरुको आवेदनमा छानवीन गरी क्रियाशील सदस्यता दिने, क्रियाशील उपर उजुरी परेका छानवीन गर्ने र विवाद निरुपणपश्चात अधिवेशनको प्रक्रिया अगाडि बढाइएकोले यो अधिवेशन अनुपम भएको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो व्यापक विस्तारित र सहभागितामूलक निर्वाचन प्रणाली विश्वमा नै उदाहरणीय बनेको छ ।”

उहाँले पार्टीमा योगदान गर्न चाहनेलाई योगदान गर्न स्वतन्त्र अवसर दिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले अन्य दलहरुको निर्वाचन कहिले सुरुभयो र कहिले अन्त भयो भन्ने थाहापाउन कठिन भएको बताउदै नेपाली कांग्रेसले उदाहरण पेश गरेको पनि उल्लेख गर्नुभयो ।

सहमहामन्त्री डा. महतले यो अधिवेशनको क्रममा वडादेखि,पालिका,प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला अधिवेशनमा कार्यकर्ताहरुले जिम्मेवारी दिएको हुनाले निर्वाचित पदाधिकारीलाई सामूहिक भावना समेटेर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,”कार्यकर्ताले कसैलाई पनि आफूखुसी पार्टी चलाउने जिम्मेवारी दिएका हैनन, कार्यसमितिका सबैको भावना समेटेर चल्नुपर्दछ भन्ने जनादेश दिएका हुन् ।”

उहाँले पार्टीभित्रको जिम्मेवारी लिनका लागि भएको स्वस्थ्य प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिएर नयाँ नेतृत्वको साथमा आगामी निर्वाचनमा नेपाली कांंग्रेसलाई विजयी गराउदै देश र जनताको समुन्नतिमा समर्पित हुने कार्यभार पूरा गर्न तयार रहन पनि सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतले प्रदेश अधिवेशन पहिलोपटक ऐतिहासिक रुपमा भैरहेको र सातै प्रदेशमा एकसाथ सुरु भैरहेको पनि उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट उद्घाटन गर्नुभएको प्रदेश अधिवेशन तीन दिनसम्म चल्नेछ । बागमतीको अधिवेशनमा यस प्रदेशका १३ जिल्लाका करिब २ हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनले सही नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

यस अधिवेशनले प्रदेश कार्य समितिका सभापतिसहितका पदाधिकारी र सदस्यहरु निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment