युवा नेता प्रमोदहरी गुरागाँईद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

१५ मंसिर,काठमाडौं । युवा नेता तथा नेपाली कांग्रेसका पार्टी प्रशिक्षणमा सक्रिय प्रमोदहरी गुरागाँईले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।

 नेपाल विद्यार्थी संघको क्षेत्रीय नेतृत्व , जिल्ला नेतृत्व र अमृत साईन्स कलेजमा स्व.वि.यू निर्वाचनको प्रतिस्पर्धाको अनुभव, २०७६/२०७८ मा नेपाली कांग्रेस केन्द्रीय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको सदस्यको जिम्मेवारी अन्तर्गत ४० जिल्लामा प्रशिक्षकको जिम्मेवारी निर्वाह अनुभवलाई उचित प्रयोग र देश विकास तथा निर्माणको अभियानलाई साकार पार्न नेपाली कांग्रेसको केन्द्रीय सदस्यको लागि राजनीतिक यात्रा पूरा गरेको ठहर गर्दै उम्मेदवारी घोषणा गरेको युवा नेता प्रमोदहरी गुरागाँईले डिजिटल खवरलाई जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका गुरागाँईले काँग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारीको घोषणा गरेका हुन् ।

विद्यार्थी राजनिति जीवनमा सक्रिय उनले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा ३ पटक  केन्द्रीय सदस्य तथा एक पटक उपाध्यक्ष गरी ४ कार्यकालको अनुभव गरिसकेका छन् ।

देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ गुरागाँइले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी हेटौडा र संघिय राजधानी काठमाडौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए ।

१४ औँ महाधिवेशनका लागी काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ७ बाट समेत अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticPramodhari Guraghaintechnology
Comments (0)
Add Comment