चेल्सी युनाईटेडसँग बराबरीमा रोकियो

१३ मंसिर, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको चेल्सीले म्यानचेस्टर युनाईटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ।

आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेको हुन्।

चेल्सीले घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरूआती अग्रता लिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलमा गोलका केहफ राम्रा अवसर आए पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल १-१ गोलको बराबरीमा सकियो।

यस बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। यद्यपी दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दुरी बढाउने मौका गुमाएको छ। सिटीको समान खेलबाट २९ अंक छ।

१८ अंक जोडेको युनाइडेट आठौं स्थानमा उक्लिएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthLockdownnepalNewsPoliticSports Chalseatechnology
Comments (0)
Add Comment