कांग्रेसमा हलचल ल्याउने देउवाको तयारी, सर्वोच्च नेता बनेर आरजुलाई उपसभापति बनाउने

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य डा.आरजु राणा देउवाका समर्थकहरुलाई खुसीको खबर छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आरजुको ‘सेटलमेण्ट’ का लागि पहल थालेका छन् ।

अहिले कांग्रेसको देशभर चुनाव भइरहेको छ । देशभरको परिणामा सभापति देउवाको समूहले कमजोर प्रदर्शन गरेको छ । पार्टीभित्र आफ्नो साख गिर्दै गएको र महाधिवेशन हार्ने सम्भावना बढेकोले पत्नीको राजनीतिक व्यवस्थापन खोजेर नयाँ कोर्स सुरु गर्न देउवाले चाहेका छन् ।

देउवानिकट नेताहरुका अनुसार पछिल्लो समय आरजुलाई उपसभापति लडाउने प्यानलको खोजीमा जुटेका छन् । आरजुलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा उपसभापति बनाउने र कांग्रेसको सर्वोच्च नेता बन्ने देउवाका तयारी छ । यसका लागि उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका नेताहरुसँग गोप्य छलफल नै चलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार आफूविरुद्ध साझा उम्मेदवार बन्ने अवस्था आएमा आरजुलाई सेटल गरेर जाने राणीति देउवाले लिइसकेका छन् । राजनीतिमा आरजुलाई अगाडि बढाउने उद्देश्यकै साथ देउवाले आफ्नै जिल्लाबाट आरजुलाई महाधिवेशन प्रतिनिधि बनाइसकेका छन् ।

आरजु निकट कांग्रेस नेताहरुले भने देउवा छँदै राजनीतिक भर्याङ चढ्न सुझाव दिएका छन् । आरजुलाई उपसभापति दिन तयार हुने सभापतिको उम्मेदवारलाई देउवाले साथ दिने सम्भावना बढेको बताइन्छ । देशभरको परिणाममा संस्थापन इतर पक्ष बलियो देखिएको छ । सुदुरपश्चिममै देउवा पक्ष आन्तरिक लडाईका कारण दोस्रो हुने अवस्थामा देखेपछि देउवाले नयाँ चाल चलेका हुन् ।

देउवाका लागि अबको महाधिवेशनमा आफू सभापति बन्ने भन्दा आफू निकटका व्यक्तिलाई सेट गर्ने कुरा नै महत्वपूर्ण रहेको बताइन्छ । छोरा जयवीरसिंह देउवालाई तत्काल कांग्रेसमा भूमिका दिन सम्भव नभएकोले आरजुलाई नै अवसर दिएर अगाडि बढ्ने देउवाको सोच हो । देउवाले लिने हरेक निर्णयमा आरजुकै प्रभाव रहदै आएको ।

देउवा टिमका अधिकांश नेताहरु सो गुटमा दाई र भाउजुका अलग–अलग मान्छेहरु रहेको बताउँछन् । आरजुलाई देउवाले उपसभापतिमा अगाडि सार्ने भएपछि आरजुका समर्थकहरु खुसी देखिएका छन् । आरजुले पनि राजनीतिक सक्रियता बढाएको बताइन्छ ।



मल्टिमिडिया ग्यालरी

businessChitwanCoronavirusCovid-19digital khabarDr Arzu DeubahealthKP Sharma OliLockdownnepalNewsPoliticSher Bahadur Deubatechnology
Comments (0)
Add Comment