अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप

१० मंसिर, एजेन्सी । अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ ।

विश्व स्वास्थ्य सगठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्र स्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ । यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो ।

तर पनि यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् ।स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाका विरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सगठनका निर्देशकले जानकारी दिएका छन् । यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको संख्या निकै थोरै छ ।

यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् ।यसैमा पनि कोरोना विरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthnepalNewstechnology
Comments (0)
Add Comment