सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

०९ मंसिर, काठमाडाैँ । साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार सामान्य घटेर बन्द भएको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ।

अघिल्लो दिन (बुधबार) भने नेप्से सामान्य अंकले बढेको थियो।

बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ७६ करोड ९७ लाख रुपैयाँको मात्र कारोबार भयो। बिहीबार २३३ कम्पनीको ७४ लाख ६८ हजार ५७५ कित्ता सेयर किनबेच भएका छन्।

बिहीबार कारोबारमा आएका तीन समूह बाहेक सबै समूहको सेयरमूल्य आरालो लागेको छ।

बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा धेरै अन्य कम्पनी समूहको लगानीकर्ताले कमाएका छन्। बिहीबार सबै भन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीतर्काले कमाएका छन्। समृद्धि फाइनान्स कम्पनीको सेयरमूल्य बिहीबार ९.२७ अंकले बढेको छ।

बिहीबार सबैभन्दा धेरै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य बिहीबार ६.९३ प्रतिशतले घटेको छ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी २६ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। सेयर खरिदबिक्रीका हिसाबले महालक्ष्मी विकास बैंक दोस्रो र सिभिल बैंक तेस्रो स्थानमा रहे।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsshare market
Comments (0)
Add Comment