के हाे निमोनियार? कसरी जोगिने?

०९ मंसिर, काठमाडौं । निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी निगेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ ।

जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणु बाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु हुन्।

कसरी जोगिने?

– बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपानगराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो लाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ ।

– आमाको दुधमा पोषक तत्ववाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

– निमोनियमा नचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोइकनैबच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन् ।-

सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment