३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु

०८ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा चा जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Corona DeathCoronaviruscovid 19 updateCovid-19DeathhealthKathmandu
Comments (0)
Add Comment