चपली हाइट ३ ट्रेलरमा फरक स्वस्तिमा

०५ मंसीर, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई फरक चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ ।

निकेश खड्का निर्देशित र अर्जुन कुमार निर्मित ट्रेलरमा थ्रिलर र सस्पेन्स राखिएको छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।



मल्टिमिडिया ग्यालरी

businessChapali HeightCoronavirusCovid-19digital khabarentertainmentFilmhealthLockdownMoviesnepalNewsPolitictechnology
Comments (0)
Add Comment