१६.९५ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब नाघ्यो

०१ मंसिर, काठमाडाैँ । सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक १६.९५ अंकले वृद्धि भएको छ। कारोबारको अघिल्लो दिन नेप्से ६९.२२ अंकले बढेर २७ सय ८४.५७ पुगेको थियो। यसदिन १६.९५ अंकले बढेर २८ सय ०१.५२ अंकमा पुगेको छ। नेप्से मंगलबारको तुलनामा कम अंकले बढेपनि कारोबार रकम भने वृद्धि भएको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३.९८ विन्दुले बढेर ५२५.४४ अंकमा अडेको छ। यस दिन २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिदबिक्री भए।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको मात्रै सेयर परिसूचक बढेको छ। जसमध्ये अन्य समूहको सर्वाधिक ५.२९ प्रतिशतले बढेको हो। बाँकी ६ समूहको परिसूचक ओरालो लागेको छ। यसदिन ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो तामाकोशीको १० प्रतिशत वृद्धि हुँदा मानुषी लघुवित्त, तेह्रथुम पावर, नेपाल बंगालादेश बैंक, मैलुङ खोला जलविद्युतको परिसूचक ९ प्रतिशत बढीले बढेको हो।

कारोबार रकमका आधारमा यसदिन नेपाल दुरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड ६८ लनख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsshare market
Comments (0)
Add Comment