३ दशकभन्दा बढि राजनैतिक तथा सामाजिक क्षेत्रको अनुभव र क्षमतालाई उर्जाको रुपमा प्रयोग गर्दै बाकीँ जीवन पार्टिमा समर्पित गर्न उम्मेदवारी : कुमार राज सुवेदी

लक्ष्मण फुयाल

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कारण जिल्लाहरुमा राजनैतिक माहोल तातेको छ । कांग्रेसमा पछिल्लो चरणमा युवा पुस्ताहरुको आकर्षण बढेको देखिन्छ ।

३ दशकभन्दा बढि राजनैतिक तथा सामाजिक क्षेत्रको अनुभव र आर्जन गरेको क्षमतालाई उर्जाको रुपमा प्रयोग गर्दै बाकीँ जीवन पार्टिमा समर्पित गर्न र पार्टिलाई बलियो बनाउन , काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को समग्र विकासको लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको नेता कुमार राज सुवेदीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस काठमाडौंका स्थानीय नेता सुवेदीले आसन्न १४ ‍औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (खुल्ला) मा उम्मेदवारी दिनुभएको हो । तयारी एकदम राम्रो भएको क्षेत्रभरीबाट सवैले माया गर्नुभएको छ सुवेदीले बताउनुभयो ।

राजनैतिक संगसंगै समाजिक कार्यमा जोडिएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संध संस्थाको नेतृत्व गरिसकेको उनी ।लाईन्स क्लव इन्टनेशलमा पूर्व गभर्नर रुपमा काम गरेको, मानवअधिकार तथा शान्ति समाजको पूर्व महासचिव तथा नेपाल भलिवल संघको केन्द्रीय उपाध्यक्ष रुपमा कार्यरत हुनुहन्छ । सुवेदी पूर्व चामुण्डा विद्यार्थी मञ्च तथा हाम्रो सहयोग अभियानको अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

हाल उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य हुन् । राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय सुवेदीलाई राजधानीको पूर्वी भेगमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ । कोरोनाकहर तथा तथा भूकम्पको समयमा क्रियासिल रुपमा लाग्दै धेरै सामाजिक सेवामा सक्रिय रहेका छन् ।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुको उद्धेयमा मेरो चाहाना खासमा क्षेत्रीय सभापतिमा उठ्ने रहेको थियो तर पार्टिको सिमा भन्दा माथि उठेर बढी मानवीय सेवा, समाज सेवा बढि पार्टिलाई सघाउने पार्टिलाई कसरी संगठन बलियो हुने उम्मेदवारलाई जिताउने तर्फ लागे । नमुना संगठन निमार्णमा सहयोग गर्न ,हामी जस्तो साझा व्यक्त्तिले महाधिवेशन प्रतिनिधि तर्फ राम्रो हुने पछि बढि मत ल्याउन सकेकोमा महाधिवेसन समितितर्फ अवसर हुने साथै सवै बाट सहयोग पाउदै तथा गुट उपगुट भन्दा पनि सवैको साझा प्रतिनिधी बन्न उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

गोकर्णेश्वर—५, जोरपाटीका स्थायी बासिन्दा सुवेदी नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि हुन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

वाणिज्य शास्त्रमा स्नातक गरेका सुवेदी अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील सुवेदी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन महाधिवेशन प्रतिनिधिमा जिताउनुको विकल्प नरहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधिहरूले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (1)
Add Comment