प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से परिसूचक

२९ कार्तिक, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले  घटेको छ।आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।सोमबार प्रि ओपन सेसनमा २८ कम्पनी ४३ लाख ८८ हजार २४० रुपैयाँ बराबरको ८ हजार ४९२ कित्ता सेयर कारोबार भएको छ।

कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsshare market
Comments (0)
Add Comment