सुन्दरीजलमा डाँडा सम्याउँदा नदी प्रदूषित

२८ कात्तिक, काठमाडौं । त्यसैगरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा वाग्मती नदीको किनारसँग जोडिएको डाँडाको जमिन सम्याउने क्रममा नदीमा माटो हालिएकामा महाअभियानले आपत्ति जनाएको छ । माटो व्यवस्थापन गरी नदी फोहर नगर्न आज सरोकार भएका निकाय र समूह सहमत भएको अभियानकर्मी शाहीले बताए ।

आजै गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको दुवै भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथलगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि महाअभियान जारी छ । महाअभियानअन्तर्गत प्रत्येक महिनाको शनिबार बिहान दुई घण्टा ‘देशका लागि दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ भइरहेको छ ।

चाडपर्व, जाडो, गर्मीलगायत प्रतिकूल अवस्थामा पनि महाअभियान रोकिएको छैन् । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर नै उपत्यकामा यसका सहायक नदी सफाइ सुरु भएको छ । हाल उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी, सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLand DevelopmentLockdownnepalPoliticSundarijaltechnology
Comments (0)
Add Comment