स्वदेश फर्किए प्रधान सेनापति शर्मा, सम्मान स्वरुप आज गारत अर्पण गर्दै नेपाली सेना

२७ कार्तिक, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा चार दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनु भएको छ ।

गत २३ गते भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणमा भारत प्रस्थान गर्नुभएको थियो ।

भारत भ्रमणका क्रममा उहाँले भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान भएको थियो । भारतीय राष्ट्रपति कार्यालयमा सुशोभन समारोहको नै आयोजना गरी प्रधान सेनापति शर्मालाई उक्त दर्जा प्रदान भएको हो ।

यसैगरी भ्रमणको क्रममा प्रधानसेनापति शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षासचिव अजय कुमार लगायतसँग पनि भेटघाट तथा छलफल गर्नुभएको थियो ।

त्यसैगरी उहाँले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा।एस। जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार गर्नुभएको थियो ।

भ्रमणकै क्रममा उहाँले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गर्नुभएको र उहाँलाई उक्त कलेजमा सम्मानसमेत गरेको नेपाली सेनाले जनाएको छ ।

दुई देशबीचको उच्च सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रथा बिगत लामो समयदेखि चल्दै आएको छ ।

यता स्वदेश फर्किने क्रममा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा गरिएको थियो ।

त्यस्तै आज कात्तिक २८ गते शनिबार प्रधान सेनापति शर्मालाई सम्मान गर्नका लागि नेपाली सेनाले जङ्गी अड्डामा गारत अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownNarbeneNewsPoliticPrabhu ram sharmatechnology
Comments (0)
Add Comment