‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

२४ कात्तिक, एजेन्सी । काठमाडौं : बलिउड चलचित्र ‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमाएको छ। रोहित सेट्टीले निर्देशन गरेको उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड र तेस्रो दिन ७७ करोड कमाएको भारतीय मिडियाले जनाएका छन्।

शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्म नेपालमा पनि धेरैले रुचाएका छन्।

कोरोना महामारीपछि पहिलोपटक प्रदर्शनमा आएको सूर्यवंशीले तीन दिनमा ८० करोडको आसपासमा आउने बताइएको छ। महामारीपछि उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ। कोरोनापछि चर्चित फिल्मको रुपमा उक्त फिल्म रहेको देखिन्छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment