निर्माता र अभिनेताको निर्मल शर्माको छक्कापञ्जा ४ रि-इन्ट्री

२१ कार्तिक, काठमाडौं । अभिनेता एवं निर्माताको रुपमा निर्मल शर्मा छक्कापञ्जा सिरिजसँग पुनः जोडिएका छन् । यसैसाता फिल्म हलहरुमा रिलिज भएको छक्कापञ्जा चारको टीजर ट्रेलरमा निर्मलको अभिनय पनि छ ।

नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको तीतो सत्य सिरिजबाट निर्मल गैंडा पात्रको नामले चर्चित थिए । छक्कापञ्जा एकको निर्माता र अभिनेता समेत रहेका उनी दोस्रो र तेस्रो सिक्वेलमा सहभागी भएनन् । चार निर्माण हुने भएपछि सिरिजमा उनको पुनः प्रवेश भएको छ । ‘निर्माताकै रुपमा प्रवेश गरेको हुँ’ नेपाल प्रेससँग निर्मलले भने, ‘फिल्मले मेरो आवश्यकता देखेपछि म फर्किएको हुँ ।’

निर्मलसँगै अब दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे छक्कापञ्जा चारका निर्माता हुनेछन् । चौंथो सिरिजमा अभिनेता जितु नेपाल सहभागी हुनेछैनन् ।

फिल्मको छायांकन माघको अन्तिम सातादेखि हुने भएपनि प्रचारप्रसारका लागि यसैसातादेखि टीजर लन्च गरिएको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने चौंथो सिरिजको बटमलाइन पनि सार्वजनिक भएको छ । ‘छक्का पञ्जा ४ राजा हैन, प्रजाको कथा हुनेछ’ टीजरमा माग्ने बुढाको भूमिकामा देखिएका अभिनेता घिमिरले भनेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19Dashaindigital khabardigitalkhabareducationFestivalfootballhealthInternationalNewsNirmal SharmaPoliticTiharVaccine
Comments (0)
Add Comment