टी–ट्वान्टी विश्वकप : दक्षिण अफ्रिका बाहिरियो

२१ कात्तिक, काठमाडौं । जितका बाबजुत दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा इग्ल्यान्डलाई १० रनले पराजित गरे पनि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा बाहिरिएको हो । दक्षिण अफ्रिकाको नेट रनरेट अष्ट्रेलियाभन्दा कम रह्यो ।

योसँगै समूह १ बाट इग्ल्यान्डल शीर्ष स्थानमा रह्यो । इग्ल्यान्डले ५ खेलबाट ८ अंक जोड्यो । समान अंक भएको अष्ट्रेलिया दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका तेस्रो स्थानमा रह्यो ।

इग्ल्यान्ड र अष्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे । सारझाँ क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य इग्ल्यान्डले ८ विकेटको क्षतिमा मात्र १७९ रन बनायो ।

इग्ल्यान्डका मोइन अलीले सर्वाधिक ३७ रन बनाए । डेविड मलानाले ३३ तथा लियाम लिभिङ स्टोनले २८ को योगदान गरे ।

दक्षिण अफ्रिकाका कगिसो रबडाले तीन विकेट लिँदा तबरेज शम्सीले र ड्वेन प्रिटोरियसले समान दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले र्निर्धारित ओभरमा २ विकेट गुमाएर १८९ रन बनायो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसनले नटआउट ९४ रनको अर्धशतकीय पारी खेले । एडेन माक्रमले नटआउट ५२ रनको अर्धशतकीय पारी खेल्दा क्विनटन डी ककले ३४ रन जोडे ।

इग्ल्यान्डका लागि आदील रासिद र मोइन अलीले एक–एक विकेट लिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarhealthLockdownnepalNewsPoliticSouth AfricaT20technology
Comments (0)
Add Comment