अक्षय कुमारको ‘सूर्यवंशी’ले पहिलो दिन कति कमायो ?

२० कात्तिक, काठमाडौं । नोभेम्बर ५ अर्थात् शुक्रबारबाट अक्षय कुमार र क्याट्रिना कैफ स्टारर् फिल्म ‘सूर्यवंशी’ दर्शकमाझ रिलिजमा आएको छ । अक्षय कुमार र रोहित शेट्टीलाई पहिलो पटक एकसाथ हेर्नका लागि दर्शकहरु विगत दुई वर्षदेखि फिल्मको प्रतिक्षामा थिए । सुटिङकै क्रममा यो फिल्म चर्चामा आएको थियो ।

तर, त्यसपछि कोरोना महामारीका कारण फिल्मको रिलिज रोकिएको थियो । लामो समयपछि दर्शकमाझ रिलिजमा आएको ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ ।

कति कमायो पहिलो दिन ?

कप ड्रामा फिल्म ‘सूर्यवंशी’ हलमा आउनेबित्तिकै बक्स अफिसमा कलर फर्किएको छ, भन्दा खासै फरक पर्ने छैन । बक्स अफिस इन्डियाको प्रारम्भिक तथ्यांक अनुसार फिल्मले पहिलो दिन २६ करोड कलेक्सन गरेको छ । कतिपय ठाउँमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ, भने केही ठाउँमा ठीक–ठीकैको प्रतिक्रिया पाएको छ ।

‘सूर्यवंशी’लाई भारतका ४ हजार भन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ बताइएको छ । त्यस्तै भारतबाहिर १३ सय स्क्रिनमा रिलिज भएको छ । यसबाट अनुमान लगाउन सकिन्छ कि संसारभरका फ्यानहरु अक्षयको फिल्मलाई लिएर कति उत्सुक थिए ।

यो फिल्म मार्च २०२० मा रिलिज हुने भनिएको थियो, तर कोरोना महामारी नियन्त्रणका कालागि लागू भएको लकडाउनका कारण फिल्मको रिलिज स्थगित भएको थियो ।

बलियो स्टार कास्ट

रोहित शेट्टीद्वारा निर्देशित फिल्ममा अक्षय कुमारका अलावा क्याट्रिना कैफ, गुलशन ग्रोवर, सिकन्दर खेर, अभिमन्यू सिंह र जावेद जाफरीलगायतको अभिनय रहेको छ ।

फिल्ममा रणवीर सिंह र अजय देवगन क्यामियो रोलमा छन् । ‘सूर्यवंशी’ रिलायन्स इन्टरटेनमेन्ट, रोहित शेट्टी पिक्चर्स, धर्मा प्रोडक्सन र केप अफ गुड फिल्म्सले संयुक्त रूपमा निर्माण गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Akshya KumarbusinessCoronavirusCovid-19digital khabarFilmLockdownMoviesnepalNewsPoliticSuryabansitechnology
Comments (0)
Add Comment