पिरतीको खुल्ला आकाशमा टिकटकलाई १० हजार

१८ कात्तिक, काठमाडौं । गायिका निशा कँडेलको स्वरमा रहेको गीत ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा बस्दै आएका गीतकार टिका दाहालको संगीत रहेको गीतमा रमेश दाहालको शब्द छ । मेलोडियस भर्सनको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन् । भिडियोको छायांकन, सम्पादन र निर्देशन फराज अर्पणले गरेका हुन् ।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो सार्वजनिक भएसंगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ । निर्माण टिमका अनुसार उत्कृष्ट प्रस्तुतिका आधारमा एक जना र दर्शकबाट भिडियोमा धेरै लाइक्स पाउने एकजना गरेर २ जनाले नगद १०–१० हजार पुरस्कार पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19Dashaindigital khabardigitalkhabareducationFestivalhealthInternationalLockdownMusic VideonepalNewsPoliticSalina KhatritechnologyTiharVaccine
Comments (0)
Add Comment