अनिता केसी चम्कँदा गोकर्णेश्वरको सहज जित

१४ कार्तिक, काठमाण्डौं । उपमेयर कप महिला राष्ट्रिय लिग छनौटमा गोकर्णेश्वर नगरपालिकाले धनकुटा नगरपालिकामाथि सहज जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फाको मुख्यालयमा सम्पन्न छनौट खेलमा गोकर्णेश्वरले धनकुटामाथि ४–० गोल अन्तरको जित निकालेको हो ।

गोकर्णेश्वरको जितमा अनिता केसीले दुई तथा एलिशा केसी र अनिता बस्नेतले एक एक गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता कायम गरेको गोकर्णेश्वरले दोश्रो हाफमा धनकुटाको पोष्टमा थप तीन गोल गर्दै जित हासिल गर्याे ।

खेलको प्लेयर अफ दि म्याच गोकर्णेश्वर नगरपालिकाकी अस्मिता वैद्य घोषित भईन् ।

आजै भएको पहिलो खेलमा गैडाकोटलाई तलसीपुरले हराएको थियो भने दोश्रो खेलमा गोदावरी नगरपालिकाले विरेन्द्रनगर नगरपालिका लाई पराजित गरेको थियो ।

प्रतियोगितामा ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख पाउनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment