विक्की र कट्रिना डिसेम्बरमा विवाह गर्दैछन्?

११ कार्तिक, मुम्बई । बलिउडमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धबारे चर्चा चलिरहेको हुन्छ । अहिले उनीहरु प्रेममा रहेको धेरैले आशंका गरेका छन् । यसैबिच, केही दिनदेखि भारतीय मिडिया र सामाजिक सञ्जालमा विक्की र कट्रिनाको विवाह हुन लागेको खबरले स्थान पाउन थालेको छ ।

कट्रिना र विक्कीले डिसेम्बर महिनामा बिहे गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार, विक्की र कट्रिनाको बिहेको लागि पहिरन चर्चित फेसन डिजाइनर सब्यसाचीले डिजाइन गरिरहेका छन् ।

केही समयअघि आउँदो डिसेम्बर महिनामा विक्की र कट्रिना बिहे गर्ने तयारीमा रहेको लाइफस्टाइल एसियाले लेखेको थियो। सो समाचारमा विक्की र कट्रिनाको बिहे राजस्थानको उदयपुरमा भव्यसँग हुने भनिएको थियो, तर केही समयपछि लाइफस्टाइलले त्यो सामग्री हटाए पनि फ्यानहरुले भने यो समाचारलाई आधार मानेर खुशी भइरहेका छन् ।

केहिले उनीहरु डेट गरिरहेको बताएका छन् भने केहीले विक्की र कट्रिनाको गुपचुप इन्गेजमेन्ट भइसकेको समेत अनुमान गरेका छन् । उनीहरुको सम्बन्धलाई लिएर उनीहरुका फ्यान भने उत्साहित देखिएका छन्। यता विक्की र कट्रिनाका परिवारले उनीहरुको इन्गेजमेन्टबारे चलेको हल्ला झुटो रहेको बताएका छन्।

बलिउड लाइफका अनुसार जसरी विक्की र कट्रिनाको इन्गेजमेन्टको जानकारी झुटो थियो त्यसैगरी उनीहरुको डिसेम्बरमा बिहे हुने कुरा पनि साँचो होइन। उनीहरु आफ्नो आउँदो प्रोजेक्टमा व्यस्त छन् र बिहे हुने कुनै तयारी छैन। विक्की र कट्रिनाको मित्रता गहिरो छ तर उनीहरु यति चाँडै बिहे गर्ने सुरसारमा भने नरहेको बलिउडको भित्री श्रोतले बताएको छ।

उनीहरु अहिले एकअर्कालाई डेट गरिरहे पनि बिहे निकै परको कुरा रहेको बलिउड लाइफको भनाइ छ। हाल कट्रिना ‘टाइगर ३’को सुटिङमा व्यस्त छिन्। उनी अहिले सुटिङको लागि टर्की पुगेकी छन्। यता विक्की कौशल भने साम मानेकशाको बायोपिकका लागि तयारी गरिरहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCoronavirusCovid19Dashaindigital khabardigitalkhabareducationFestivalhealthInternationalkatrinaMoviesNewsPolitictechnologyTiharVaccinevicky
Comments (0)
Add Comment