मानिसको हिडाइको रफ्तारसँग आयूको सम्बन्ध हुने खुलासा

११ कार्तिक, एजेन्सी । एक अध्ययनले मानिसको हिडाइको रफ्तारसँयूको सम्बन्ध हुने खुलासा गरेको छ । उक्त अध्ययनको रिपोर्टअनुसार विस्तारै हिड्ने मान्छेको तुलनामा छिटो हिड्ने मान्छेको आयू लामो हुन्छ ।

यो अध्ययन नेशनल इन्सिच्युट फर हेल्थ रिसर्चको सोधकर्ताहरुले युकेको लिसेस्टरमा बायोमेडिकल रिसर्च सेन्टरमा गरेका हुनेछ ।

यस अध्ययनमा करिब ४७ लाख भन्दा बढी मानिसहरुको तथ्यांक संलग्न गरिएको थियो । अध्ययनका अनुसार मानिसको हिडाइको सम्बन्ध उमेरसँग हुन्छ । कम तौल भएका मानिसहरु जो छिटो हिड्छन् उनीहरुको तुलनामा हल्का रफ्तारमा हिड्ने मानिसको जिन्दगी छोटो हुने सम्भावना बढी हुन्छ । यो अध्ययन पहिलो पटक गरिएको हो ।

जसमा हिडाइको रफ्तारलाई उमेरसँग तुलना गरिएको थियो । शोधकर्ताहरुले भनेका छन् हाम्रो अध्ययनमार्फत मानिसको तौल, फिजिकल फिटनेस लामो उमेरसँग कसरी जिम्मेवार हुन्छ भनेर पत्ता लगाएको उल्लेख गरेका छन् ।

अध्ययनका आधारमा मानिसको शरिरको मांशपेशीलाई तन्दुरुस्त राख्न फिजिकल फिटनेश आवश्यक हुन्छ । यो अध्ययन मायो क्लिनिक प्रेसिडेन्ट जर्नलमा प्रकाशित छ । अध्ययनका मूख्य लेखक भन्छन् ‘यो अध्ययनले धेरै मानिसहरुलाई फिजिकली फिट रहनका प्रोत्साहित गर्नेछ ।

यस अध्ययनपछि मानिस कसरी हिड्ने भन्ने कुरामा ध्यान पुर्याउँछन् । जसले लामो उमेर बाच्न सहयोग गर्नेछ । रिपोर्टमा भनिएको छ हल्का रफ्तारमा हिड्ने मानिसहरु मुटुसम्बन्धी बिरामीका कारण मृत्यु हुने सम्भावना बढी रहन्छ ।

जब की छिटो हिड्ने मानिसहरुलाई यो खतरा कम रहन्छ । यसअघि गरिएको अध्ययनमा मानिसलाई तौल र फिजिकल फिटनेश दुबै कुराले त्यो मानिस कति बाँच्न सक्छ भन्ने कुरा निर्भर हुने बताइएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownNewsPoliticRunningtechnologyWalking
Comments (0)
Add Comment