प्रिमियर लिग फुटबल : युनाइटेडमाथि लिभरपुलको सानदार जित

०८ कार्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसंग हारेको छ ।

आइतबार रातिको खेलमा लिभरपुलले युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि जित निकालेको छ ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक पूरा गरे । त्यस्तै नेबी केइटा र डिएगो जोटाले एक–एक गोल गरे ।

केइटाले गोल गर्दै खेलको पाँचौ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । १३औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यस्तै ३८औँ मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए ।

५०औँ मिनेटमा सलाहको ह्याट्रिकसंगै लिभरपुले ५–० को जित निकाल्न सफल भयो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarfootballLiverpoolLockdownManchaster UnitednepalPolitic
Comments (0)
Add Comment