श्रमजीवी किसान ( गद्यकविता )

०४ कार्तिक, काठमाडाैँ ।

वर्षभरिको परिश्रमको फल
पलभरमै समाप्त हुँदा कसको पो मन रुँदैन र ?
यहाँ मनमात्र होइन, तन पनि रोएको छ
तन र मन दुबै एकसाथ रुँदा
धर्ती नै हिलाम्य भएको छ
तर पनि किसानको पिडालाई पिडा नदेख्ने
अन्धो, बहिरो र लङ्गडो सरकार लाटो भएर बसेको छ ।

ती मानु रोपेर मुरी फलाउने श्रमजीवी किसान
ती मन रोपेर टन फलाउने पौरखी किसान
ती नुन फल्ने ठाउँमा सुन फलाउने मिहिनेती किसान
प्राकृतिक विपत्तिले
आज छाती पिटीपिटी क्वाँक्वाँ रोएको देख्दा
जीर्ण तन र विदीर्ण मन लिएर बाँच्नु पर्दा पनि
मेरो देशको सरकार अन्धो , बहिरो र लाटो बनेको छ ।

***समाप्त ***
रचना : लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य अध्ययन
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLaxmi Prasad DhakalLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment