बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या

३० असोज, बीबीसी । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेविड अमेसको हत्या भएको छ । उनको छुरा प्रहारबाट हत्या भएको बीबीसीले जानकारी दिएको छ । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एन जना २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।

उनको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ । ‘ले–अन–सी’को एक चर्चमा स्थानीयसँग छलफल गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको हो । स्थानीय प्रहरीले हत्यामा इस्लामिक अतिवादीको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।

घटनाई लिएर प्रधानमन्त्रीसहित देशका शीर्ष नेताहरूले कडा निन्दा गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment