लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनेछौँ : मन्त्री राना

२८ असोज, रामपुर (पाल्पा) । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा चिनाउने बताउनुभएको छ । मन्त्री बनेपछि पहिलो पटक रामपुर आउनुभएका रानाले बिहीबार नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्यालो प्रदेश अभियान पाल्पाबाट सुरु गर्ने बताउनुभएको हो ।

प्रदेशभित्रका केही स्थानमा अझै विद्युत् पुग्न नसकेको हुँदा उज्यालो प्रदेशका लागि जलविद्युत्सँगै लघुजलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको सहायता लिएर उज्यालो प्रदेशका रूपमा चिनाउने अभियानमा लाग्ने मन्त्री रानाको भनाइ थियो । पाल्पाको समस्याको रूपमा रहेको विद्युत्को समस्यालाई हल गर्नका लागि आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

“अब नागरिक कार्यालयमा पटकपटक धाउने होइन, नेतृत्व पङ्क्ति कार्यस्थलमा पुगेर नागरिकलाई सेवा दिने कार्यमा लाग्नेछ”, उहाँले भन्नुभयो । नागरिकको बस्तीमा पुगेर उनीहरुका समस्या पहिचान गरी समाधानको बाटोमा आफू सशक्तरूपमा लागेर काम गर्ने मन्त्री रानाको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment