माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

२८ असाेज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबाराति भएको खेलमा माल्दिभ्सलाई हराउँदै भारत फाइनल प्रवेश गरेको छ ।

माल्दिभ्समाथि भारतले ३-१ को जित निकाल्यो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रहेको थियो ।

तर, खेलको ६२औँ र ७१औँ मिनेटमा भारतका सुनिल क्षेत्रीले गोल गर्दा भारतले ३-१ को अग्रता बनाएको हो ।

त्यसअघि खेलको ३३औँ मिनेटमा भारतका लागि मानविर सिंहले गोल गरेका थिए ।

खेलको ४५औँ मिनेटमा माल्दिभ्समा अलि अश्फाकले गोल फर्काएका थिए ।

जितसँगै फाइनल प्रवेश गरेको भारतले अब फाइनलमा नेपालको सामना गर्ने छ । आजै बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आगामी शनिबार राति पौने ८ बजे हुने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DashainDeubadigital khabarFestivalIndiaLockdownMaldivesnepalNewsPMPoliticsSaffsportsTihar
Comments (0)
Add Comment