प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

२७ असोज, काठमाडौं । प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ । एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो । सुनसरीको इटहरीमा ११, धरानमा तीन र रामधुनीमा एक, मोरङको विराटनगर र सुन्दरहरैचामा दुई÷दुई झापाको भद्रपुर र मेचीनगरमा एक÷एक र उदयपुरको उदयपुरगढीमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ५७ महिलासहित ११९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment