चाडबाडकाे सिजनमा ९ लाख मानिस बाहिरिए काठमाडौँ उपत्यका छाडेर

२६ आश्विन, काठमाडौँ । चाडबाडकाे सिजनमा यस महिना करिब ९ लाख मानिसले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ-तिहार तथा छठलगायतका पर्वकाे सिजन रहेकाले विभिन्न कामकाे सिलसिलामा काठमाडाैँमा रहेकाहरू घर फर्केका हुन् ।

असोज महिना लागेयता फूलपातीकाे दिनसम्म उपत्यका छाड्नेको सङ्ख्या ९ लाख पुगेको यातायात व्यवसायीले बताएका छन् । काठमाडाैँ नजिकका जिल्लामा दशैँकाे टीकाकै दिनसम्म मानिसहरू जाने गरेकाले याे संख्या अझै वृद्धि हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार यस वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । गत वर्ष भने कोराेना सङ्क्रमणको जोखिमका कारण कडाइ थियाे, यसपालि मानिसहरूमा उक्त संक्रमणकाे त्रास समेत कम भएकाे छ ।

सिटाैलाका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, ‘दुई-तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।’ सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ भने अग्रिम टिकट खुलाइएकाेले पनि यसपालि यात्रुसंख्या बढेकाे हाे ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए । काेराेना संक्रमण नहुँदा दुई वर्ष पहिलेसम्म दशैँकाे बेला २५ लाखभन्दा बढीले मानिसले उपत्यका छाड्ने गरेका थिए ।

दसैँको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusbusinessCoronavirusCovid-19Dashaindigital khabarFestivalKathmandu valleyLockdownNewsPolitictechnology
Comments (0)
Add Comment