दोहोरो अंकले घट्यो शेयर बजार

२४ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १८.५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा थामिएको हो छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडि हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment