७१५ जना नयाँ सङ्क्रमित थपिए, १० जनाको मृत्यु

२२ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ११ हजार २१० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १५ हजार ६१४ जना छन् । पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarFacebookhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment