विश्वकप छनोट : ब्राजिलको लगातार नवौं जित

२२ असोज, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे । भने भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे ।

खेलको ११ औं मिनेटमा रामिरेजले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७१ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनीले गोल गदै ब्राजिललाई ३-१ को जित दिलाए ।

यस जितसँगै ब्राजिलले ९ खेलमा २७ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment