राष्ट्रिय फुटसल लिग: शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

२२ असाेज, काठमाडौं । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल अन्तरको जित निकाल्दै काठमाडौँको शङ्खमुल क्लब फाइनलमा प्रवेश गरेको हो ।

विजेता शङ्खमुलले शुक्रबार घरेलु टोली स्पोर्टस् क्यासलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा शङ्खमुललाई उपाधि नजिक पु¥याउनका लागि मणि लामा नायक बन्नुभयो ।

उहाँ एक्लैले चार गोल गर्न सफल हुनुभएको थियो । शङ्खमुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । खेलको सुरुआतमै मणिले गोल गर्दै अग्रता दिलाउनुभयो । खेलको ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काएपनि १५ औं मिनेटमा मणिले दोस्रो गोल गर्नुभयो ।

शङ्खमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो । २४औँ मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो भने विशनले २८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाउनुभएको थियो । खेलको ४० औं मिनेटमा लामाले ह्याट्रिक पूरा गर्दै शङ्खमुललाई हारबाट जोगाउनुभयो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको समयको तेस्रो मिनेटमा लामाले व्यक्तिगत चौथो गोल गर्दै टिम उपाधि नजिक पु¥याउन सफल हुनुभयो । लामा खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित हुनुभएको थियो ।
शङ्खमुलले बुधबार ‘एलिमेटर’मा घरेलु टोली सविन मेमोरियललाई हराएर राइजिङसँगको भेट पक्का गरेको थियो । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा गत असोज २ गतेदेखि जारी लिगको विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । लिगमा देशका सात प्रदेशका १० टिमको सहभागिता रहेको थियो । एन्फाले पहिलो पटक फुटसल लिग आयोजना गरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballFutsalhealthLockdownnepalNewsPoliticsportssports gametechnology
Comments (0)
Add Comment