विजया दशमी २०७८ को शुभकामना: नेपाली कांग्रेसका सह-महामन्त्री महत

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले निजिकिदै गरेको विजया दशमी २०७८ को शुभकामना व्यक्त गर्नुभएको छ ।
उँहाले नेपालीहरुको महान चाड विजया दशमी २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको जानकारी दिनुभयो ।

नेपाल हजारौ बर्षदेखि चलिआएको धार्मिक र सांस्कृतिक परम्पराहरुले परिपोषित र समृद्ध मुलुक हो । नेपाली कांग्रेस हाम्रा धर्म,संस्कृति र परम्पराहरुको संरक्षण र विकास गर्न सदैव तत्पर रहदै आएको छ । धर्म,संस्कृति र परम्परा हाम्रा अमूल्य निधि तथा राष्ट्रिय पहिचान भएकोले यिनको संरक्षणको जिम्मेवारी राज्य लिनुपर्ने महतले बताउनुभयो ।

विजया दशमीलाई असत्यमाथि सत्यको विजय र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको पर्वको रुपमा पनि लिइने गरिएको छ । यसले सबै नेपालीमा सद्विचार,सदाचार र सद्गुणहरुको सिर्जना र विकासलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु । यस चाडका माध्यमबाट सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच आपसी सद्भाव र स्नेह अभिबृद्धि भई अझ सौहाद्रपूर्ण सम्बन्ध कायम हुनेमा म विश्वस्त व्यक्त गर्नुभयो ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण क्रमशः निस्तेज हुँदै गएपनि निमिट्यान्न भइनसकेको हुनाले आफ्नो स्वास्थ्यको ख्याल राखी सावधानी र सतर्कता अपनाउदै हाम्रा धार्मिक, संस्कृतिक, चाडपर्व र परम्पराहरु मनाउन पनि म सबै अनुरोध गर्नुभएको छ ।

अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । वडा,पालिका र क्षेत्र तथा जिल्ला अधिवेशनमा लाखौ कार्यकर्ताहरु बडो उत्साहका साथ सरिक भैरहनुभएको छ । यस अधिवेशनमार्फत पार्टी झन मजबूत र गतिशील हुने तथा सबै तहका कार्यकर्ताहरुमा नेपाली नागरिकहरुप्रति समर्पित भएर काम गर्न ऊर्जा थप्ने मैले विश्वास लिएको छु ।


विजया दशमी, शुभदीपावली, नयाँ नेपाल सम्वत् र छठ लगायतका चाडपर्वहरुले धर्म संस्कृति र परम्पराहरुको संरक्षण र सम्बर्धनमा सदैव सक्रिय नेपाली कांग्रेसका कार्यकर्ताकर्ताहरुमा थप उत्साहका साथ काम गर्ने जाँगर अभिबृद्धि गराउने मेरो विश्वास रहेको बताउनुभयो ।

म यस अवसरमा नेपाली कांग्रेसमा आबद्ध,यसका शुभेच्छुक र समर्थकसहित यसप्रति सदभाव राख्ने समस्त नेपाली नागरिकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment