दोभानमा आँखा उपचार केन्द्र

२१ असोज पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा आँखा उपचार केन्द्र खोलिएको छ । यसबाट उपचारका निम्ति स्थानीयवासीलार्ई सदरमुकाम तानसेन, रुपन्देही जिल्लाको भैरहवा र बुटबल जानुपर्ने बाध्यता हटेको छ । गाउँपालिका र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा खोलिएको सो केन्द्रमा सहायक नेत्र चिकित्सक र एक सहयोगीले दैनिक सेवा प्रदान गर्ने भएका छन् । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भने पाल्पा वा रूपन्देहीमा थप उपचारका लागि सिफारिस गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले अब टोलटोलमा आँखा शिविर सञ्चालन गरी स्थानीय बासिन्दालाई उपचारमा सहज बनाइने बताउनुभयोे ।
उपाध्यक्ष दमयन्ती थापाले आँखासम्बन्धी ज्ञानको अभावले ढिला गरी उपचार गर्ने बानी रहेकाले समस्या समधानका निम्ति उपचार केन्द्र सञ्चालन गरिएको र यसबाट बालबालिका, महिला तथा वृद्धवृद्धाले बढी सुविधा प्रयोग गरी आँखालाई निरोगी राख्नुपर्नेमा जोड दिनुभयोे ।

नेपाल नेत्र ज्योति सङ्घका जिल्ला सचिव भीमसेन कार्कीले सामान्य किसिमको समस्या देखिए पनि उपचार गर्ने बानी नहुँदा पछि गएर आँखाको दृष्टि गमाउनु पर्ने समस्या बढ्ने हुँदा समस्या आउनेबित्तिकै उपचार गराउनुपर्ने र नियमित परीक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroCoronavirusCovid-19digital khabarhealthNepali NewsNewsRain
Comments (0)
Add Comment