विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

२१ असाेज, बलेवा । नेपाल सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गायो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् । सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।

बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धिभएर १५ हजार पुगयाइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिए बमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताउनुभयो । रु सात हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शीर्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुगयाइएको छ ।

बजेटले सङ्घीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो । तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् । “नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भन्नुभयो । तोकिए बमोजिमको तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । अरु के के गर्न बजेट हुन्छ, श्रमजिवीलाई दिने बजेट नहुने ? तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भन्नुभयोे, आन्दोलन हुन्छ, तोकिए बमोजिम तलब पाउनुपर्छ ।

जिल्लाको जैमिनी गरपालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब वृद्धि गरेको छ । तोकिए बमोजिम तलबमा कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलब वृद्धि गरेको हो । तह अनुसार दुई हजारदेखि सात हजार ५०० सम्म तलब खाँदै आएका विद्यालय सहयोगीको तलब १० हजार र १३ हजार पाँच सय पु¥याइएको छ ।

कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयोगीलाई १० हजार र बाँकी सबै सहयोगीलाई १३ हजार ५०० कायम गरेका छौं जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भन्नुभयो, “बालविकास सहजकर्ताको १५ हजार र विद्यालय कर्मचारी सबैको १८ हजार ५०० पुगेको छ । यसअघि सहजकर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५०० तलब लिँदै आएका थिए ।

काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलब वृद्धि गरेको छ । बालविकास सहजकर्ताको तलब शतप्रतिशत वृद्धि गरेर १२ हजार पु¥याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो । शिक्षा विभागले उपलब्ध गराउने रु आठ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो । विद्यालय सहयोगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पु¥याइएको छ । यसअघि उनीहरुले चार हजार, चार हजार ५०० र सात हजार ५०० पाउँदै आएका थिए ।

प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तह अनुसारको तलव वृद्धि गरिएको हो । विद्यालय कर्मचारीको लागि १७ हजार पु¥याइएको छ । बजेटको स्रोत अनुसार वृद्धि भएको छ, एकै पटक ठूलो आर्थिक भार थेग्न पनि गाह्रो छ उहाँले भन्नुभयो । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabareducationhealthNepali NewsRain
Comments (0)
Add Comment