बुधबार सुनको मूल्य घटेपनि चाँदीको भने स्थीर

२० असाेज, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुुन तोलामा ४०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुन ८९ हजार ८५० रुपैयाँ र चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारो्बार भएको थियो । बुधबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverKathmandunepalNews
Comments (0)
Add Comment