प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

१९ असाेज, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्।प्रधानन्यायाधीश राणाले मंगलबार बस्ने गरि बैठक बोलाएका हुन् ।

घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको हो।

दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने छ।

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ । यसका साथै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषय सार्वजनिक भएकाले त्यसबारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।



मल्टिमिडिया ग्यालरी

digital khabarKathmandunepalNewsPolitic
Comments (0)
Add Comment