बाँकी १३ जिल्लाको कांग्रेस वडा अधिवेशन दसैँपछि !

१५ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १३ जिल्लाको वडा अधिवेशनका सम्बन्धमा अन्योल भइरहेको छ । केन्द्रीय निर्वाचन समितिसँग नै बाँकी जिल्लाहरूको अधिवेशन कहिले हुन्छ भन्ने स्पष्ट जवाफ छैन ।

समितिका एक सदस्य शनिबार (भोलि) सम्म बाँकी रहेका ४ जिल्लाको क्रियाशील सूची सार्वजनिक भएमात्र दसैँअघि वडा तह अधिवेशन गर्न सकिने बताउँछन् । सार्वजनिक भएन भने दसैँअघि वडा अधिवशेन सम्भव नभएको उनले बताए । जुन कुरा बिहीबार बसेको समिति बैठकमा पनि उठेको थियो । दसैँअघि बाँकी जिल्लाहरूमा अधिवेशन गर्ने नगर्ने सम्बन्धमा समितिको आइतबार बैठक बस्दैछ ।

“बाँकी रहेका जिल्लाहरूको सम्बन्धमा हिजोको बैठमा ठोस निर्णय हामीले गर्न सकेनौँ, भोलि बैठक बसेर के गर्ने भन्ने छलफल होला,” ती सदस्यले बाह्रखरीसँग भने ।

कांग्रेसले प्रदेश २ का ८ वटै जिल्लाहरूमा वडा तहकै अधिवेशन गर्न सकेको छैन । १३ जिल्लामध्ये निर्वाचन समितिले पनि ८ जिल्लामा निर्वाचन अधिकृत तोक्न बाँकी छ । १२ जिल्लाको एकैचोटी अधिकृत तोकेर अधिवेशन गर्ने तयारीमा समिति रहेको त्यी सदस्यले बताए । आफूहरूले समयमै क्रियाशील सदस्यताको अन्तिम सूची नपाउँदा अधिवेशनको गराउन सफल नभएको उनको भनाइ छ । “अधिवेशन गर्न त पहिला सूची दिनुपर्‍यो नि अनि पो निर्वाचन समितिले काम गर्न सक्छ,” उनले भने ।

क्रियाशिल विवाद समाधान समितिको सहमति कार्यान्वयन गर्न बनेको कार्यदलका एक सदस्य पनि दसैँअघि अधिवेशन हुने सम्भावना ज्यादै न्यून रहेको बताउँछन् । विवाद सामान्य लाग्ने भएपनि त्यसभित्र जटिलता रहेको उनको भनाइ छ ।

“कृष्ण दाइको समितिले निर्णय गरेर के गर्नु कार्यान्वयनमा समस्या छ अनि समय त लाग्छ नै,” ती सदस्यले भने ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCongressCoronavirusCovid-19digital khabarhealthLockdownnepalnepali congressNewsPolitictechnology
Comments (0)
Add Comment