चार पूर्वप्रधानन्यायाधीश विरुद्धको अवहेलना मुद्दामा मागदाबी नपुगेको ठहर

१५ असाेज, काठमाडाैँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुगेको फैसला सुनाएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले चार पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध अदालतको अवहेलामा कारबाही गरी पाउ भन्ने मुद्दामा मागदाबी पुग्न नसक्ने ठहर गरेको हो ।

पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कार्य संविधान विपरित भएको भन्दै पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकाल्नुभएको थियो ।

सोही विषयलाई लिएर अधिवक्ताद्वय लोचन भट्टराई र धनजीत बस्नेतले गत वर्षको माघ १४ गते उहाँहरुविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो ।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले उक्त मुद्दामा प्रधानन्यायाधीश जबरा र न्यायाधीश मल्लको इजलासले मागदाबी नपुग्ने फैसला गरेको जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment