साहस ऊर्जाको आईपीओ आइतबार बाँडफाँड हुने, सकियो प्रि-अलोटमेन्ट

१५ असोज , काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।

असोज ६ गतेदेखि असोज १० गतेसम्म निष्काशन भएको उक्त सेयरको प्रि-अलोटमेन्ट भने आज (असोज १५ गते) सम्पन्न भएको छ । क्यापिटलले सेयर निष्काशन बिक्री बन्द गरेको ५ दिनमै प्रि अलोटमेन्ट सकेर ७ दिनको दिनमा बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीले जारी गरेको आईपीओमा २४ लाख ६२ हजारभन्दा बढी आवेदकले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणमा माग गरिएको भन्दा ५.६२ गुणा बढी हो । त्यस्तै, मागभन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुने छ । यससँगै आवेदन परेको संख्या अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७ लाखले मात्रै कम्पनीको सेयर हात पार्ने देखिन्छ भने बाँकी आवेदकको हात खाली हुने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment