१५ असाेज, काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ ।
सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो ।
सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो ।
सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`