सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट परियोजना ल्याउँदै

१४ असाेज, भक्तपुर । सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट परियोजना निर्माण थालेको छ । मध्यम बर्गलाई लक्षित गर्दै निर्माण थलिएको निलबाराही हाउजिङका घरहरुको औपचारिक रुपमा पनि बुकिङ खुला भइसकेको छ ।

५५ रोपनी क्षेत्रफलमा निर्माण हुने परियोजनामा साढे ३ अर्ब रुपैयाँ लगानी हुने अनुमान ग्रुपको छ । सीईका अनुसार, ४८ रोपनी क्षेत्रफलमा सिंगल स्ट्यान्ड घर र ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गरिनेछ ।
निलबाराही हाउजिङका घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि ४ करोड ३७ लाख रुपैयाँसम्म तोकेको ग्रुपले जनाएको छ ।

यो परियोजनाभित्र ९९ वटा सिंगल घर १०० भन्दा बढी युनिट भएको अपार्टमेन्ट निर्माण गरिने बताइएको छ । विभिन्न पाँच डिजाइनमा निर्माण गरिने हाउजिङका घरहरु साढे दुई तलाका हुनेछन् । यस परियोजनामा ३ आनादेखि ११ आनासम्म क्षेत्रफलमा फैलिएका घरहरु किन्न पाइनेछ । घरहरु १५४० स्क्वायरफिटदेखि २८ सय वर्गफीटसम्मका हुनेछन् ।

बुकिङ खुला गरेको केही महिनामै हाउजिङका अधिकांश घरहरु बुकिङ भइसकेको ग्रुपले जनाएको छ । तर, अपार्टमेन्टको भने अझै औपचारिक बुकिङ खुला भइसकेको छैन । हाउजिङ परियोजनामा पुग्नका लागि भक्तपुरको बोडे चोकबाट डेढ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । ग्रुपले तीन बर्षभित्र घरहरु निर्माण गरेर हस्तान्तरण गरिसक्ने योजना बनाएको छ ।

यस परियोजनाभित्र प्रयाप्त खुला ठाउँ, हरियाली क्षेत्र, ८ र ६ मिटर चौडा सडक, ग्रोसरी स्टोर, हेल्थ क्लब लगायत सुविधाहरु उपलब्ध हुने बताइएको छ । नेपालमा व्यवस्थित संयुक्त आवास हाउजिङ परियोजना निर्माणमा सीई ग्रुप पायोनियर व्यवसायिक घराना मानिन्छ । यो ग्रुपले काठमाडौं उपत्यकामै १५ हाराहारी हाउजिङ र दुईवटा अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

सीईले उपत्यकाबाहिर विराटनगरमा पनि आधुनिक हाउजिङ परियोजना निर्माण थालनी गरिसकेको छ । विराटनगरको शनिहाट मार्गमा निर्माण गरिने ‘सीई कोलोनी’मा २७ वटा आधुनिक सुविधा सम्पन्न घरहरु निर्माण हुनेछन् । २ करोड सुरुवाती मूल्य राखिएको यस परियोजनाका घरहरु पनि बुकिङ खुला गरिसकेको बताइएको छ ।

सीईले थापाथलीमा अपार्टमेन्ट निर्माणको तयारी थालिसकेको छ । यो अपार्टमेन्ट निर्माणमा कोभिड महामारीले ढिलाइ गरिदिएको सीई ग्रुपका अध्यक्ष बिजयराज भण्डारीले बताएका छन् । उनका अनुसार, अपार्टमेन्टका सबैजसो युनिट बुकिङ भइसकेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

ApartmentBijay Raj BhandaribusinessCE HousingCoronavirusCovid-19digital khabarLockdownNewsPoliticReal Estatetechnology
Comments (0)
Add Comment