हिलाम्वे जोरपाटी सुन्दरीजल सडक खण्ड

लक्ष्मण फुयाल

०७ असोज, काठमाडौं । सामान्य वर्षा परेसंगै हिलो तथा हिलाम्वे हुन्छ जोरपाटी सुन्दरीजल सडक खण्ड । जोरपाटि सुन्दरीजल सडक झरी वर्षा भएसंगै बटुवा तथा स्थानीय व्यक्तिहरु हिडुलमा समस्या हुने गरेको छ ।

यो सडक खण्डको सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हालसम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन ।

पाँच वर्ष सम्म सडक काम नलाग्ने गरि तहसनहस भएको छ । पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ। अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ । राजधानी काठमाडौको यस्तो लाजमर्दो अवस्था रहेको बताउछन् स्थानीय राज खतिवडा ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत प्राधिकरण र स्थानीय वडा सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् ।

जोरपाटी सुन्दरीजल सडक खण्डको अवस्था

सडकको कारण हाम्रो कलेज आउने विद्याार्थीहरुले धेरै दुख भोगेको छन् । साथै कयौ पटक हिलाम्वे हुदै विद्यार्थीहरु घर फर्कनु परेको घटनाहरु बताउनुहुन्छ गोकर्णेश्वर नपा ०८ वेशीगाँउ स्थित भनेस न्यासनल कलेज प्रसासन प्रमुख तथा सामाजिक अभिन्यता विनित राज अर्याल । वर्षा तथा पानी परेपछि आवतजावतमा समस्या हुने गरेको छ । नगरपालिका तथा सम्वन्धित निकायले यो समस्या चाडो भन्दा चाडो समाधान होस भन्ने आसा रहेको उनले बताउनुभयो ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानियले मुआब्जा र क्षतिपुर्तीको माग गदै आन्दोलन गरि सर्वोच्चमा मुद्दा हालेका थिए ।त्यसपछि सर्वोच्चले स्थानियलाई क्षतिपुर्ती नदिएर आयोजना अगाडी नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपुर्ति नदिएपछि आयोजना थप प्रभावित भयो । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने,स्थानियका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । तर उसले वर्षा ,निषेधाज्ञा अनेक कारण देखाउदै हाल सम्म पनि काम पुरा गरेको छैन ।

जोरपाटी सुन्दरीजल सडक खण्डको अवस्था

नगरपालिका र सडक संर्घष समितिले सहमति गरेपनि कामको गति भने अपेक्षा गरेअनुसार अगाडी बढन सकेन । सडकको हालत खाल्डाखुल्डीमा परिणत छ । कतै कतै गिट्टीहरु थुपारिएका छन् । करिब ६९ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा सडक हिलाम्मे भएर पैदल यात्रु तथा सवारी साधनलाई कष्टकर हुने गरेको छ । 

गोकर्णेश्वर नगरपालिका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष मनोज ढुंगानाले बताएअनुसार यो सडक खण्डमा काम रोकिनुको कारण केन्द्र सरकारको बजेटबाट निमार्ण भैरहेको यो सडक परियोजना ठेकेदारको रोकिएको हो । पानी पर्न रोकिएसंगै काम अगाडी बढ्ने बताउनुभयो । नगरपालिकाले यो सडक निमार्णमा सधै समन्वय तथा खवरदारी गरेको छ । नगरपालिकले गर्ने विकास निमार्णको काममा सधै सक्रिय तथा भूमिका निवार्ह गर्ने ढुंगानाले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews